Media Network

बालकुमारीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौं। ललितपुरको बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा राती ११ बजे मृत्यु भएको हो । 

मोटरसाइकललाई ठक्कर दिएर जिप सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद