Media Network

बालकृष्ण खाणकाे मुद्धाको अन्तिम सुनुवाइ आज


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौं । नेपाली नागरिकलाई फर्जी कागजात बनाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई थुनामा राख्नेकी छाड्ने विषयमा आज सुनुवाइ हुने भएको छ। उच्च अदालत पाटनमा आज एकल इजलासमा पेसी तोकिने भएको हो।

यसअघि उच्च अदालत पाटनका दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार आज एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो।न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो। पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए।

आज गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजालासले खाण थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने विषयमा आदेश दिनेछ।गत मंसिर १५ गते उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चार जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद