Media Network

बालकृष्ण खाँणको मुद्दा न्यायाधीस कृष्णराम कोइरालाको इजलासमा तोकियो


खबरस्टोरी संवाददाता

२८ मंसिर २०८०,बिहीबार

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको पुनरावेदनमाथिको मुद्दाको आज सुनुवाइ हुँदैछ ।उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उनको मुद्दाको सुनुवाइ हुने भएको हो ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबीच राय बाझिएकाले उनको निवेदनको सुनुवाइ तेस्रो न्यायाधीशको इजलासमा हुन लागेको हो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो ।

उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठीक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्नेछ । पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए ।

तर, खरेलले उनको संलग्नता अरु सरहनै देखिएको भन्दै जिल्लाको आदेश सदर हुने राय दिएपछि खाणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको हो । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार एकल इजलासले जसको राय ठीक भन्छ सोही बमोजिम हुनेछ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद