Media Network

बालेन शाहविरुद्ध रिटमाथिको सुनुवाइ दोस्रोपटक हेर्न नभ्याइनेमा


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन शाहविरुद्धको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनको सुनुवाइ सोमबार पनि हेर्न नभ्याइनेमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो । यसअघि आइतबार न्यायाधीश ढुंगानाकै इजलासमा परेको सुनुवाइ समयाभावका कारण हेर्न नभ्याइनेमा परेको थियो ।

अधिवक्ता वर्षा कुमारी झाले अदालतको अवहेलना हुने गरी बालेनले अभिव्यक्ति दिएको दाबी गर्दै उनीविरुद्ध अवहेलनाको मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएकी हुन् । उक्त निवेदनमाथिको आइतबार र सोमबाद दुवै दिनको सुनवाइ हेर्न नभ्याइनेमा परेको हो । 

हिन्दी फिल्मको विषयलाई लिएर पाटन उच्च अदालतके आदेशका सम्बन्धमा काठमाडौं महानगरका प्रमुख शाहले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाको दाबी छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद