Media Network

बालेनद्धारा प्रदेश सभाको मतदान ‘बहिष्कार’


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रदेश सभा चुनावको मतदान बहिष्कार गरेका छन् । आज उनले प्रतिनिधिसभाको चुनावका लागि भोट हाले पनि प्रदेश सभाका लागि हालेनन् ।

मेयर साहले काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँमा रहेको अन्नपूर्ण मतदान केन्द्रबाट भोट खसाएका थिए । उनले प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ मतदान गरे । तर, प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैको मतपत्र उनले लिएनन् ।

मेयर साहले नेपालको संघीय प्रणालीप्रति सैद्धान्तिक असहमति जनाउँदै आएका छन् ।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पनि प्रदेश उम्मेदवारलाई भोट हालेका थिएनन् । उनले प्रदेशको मतपत्र लिए पनि भोट नहालीकन बाकसमा खसाएका थिए । लामिछानेले पनि अहिलेको संघीय संरचना ठिक नरहेको बताउँदै आएका छन् । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद