Media Network

बानेश्वरको फुटपाथमा मेयर बालेन, अन्डरग्राउण्ड पार्किङका सटर हटाउन निर्देशन


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

काठमाडौं / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले आज बिहान त्यसको प्रगतिबारे अवलोकन गरेका हुन् ।

स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेका हुन् ।मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । मेर साहको निर्देशन अनुुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।

बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद