Media Network

बञ्चरेडाँडाका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडी फेरि रोके


खबरस्टोरी संवाददाता

१२ श्रावण २०७९,बिहीबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी बञ्चरेडाँडाका स्थानीयवासीले फेरी निषेध गरेका छन्   ।

काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईका अनुसार आज बिहानैबाट काठमाडौंदेखि फोहोर बोकेर गइरहेका गाडीलाई बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि बाटोमै गाडीको लाइन लागेको छ ।

महानगर क्षेत्रमा ७ दिनदेखि थुप्रिएको फोहोर बोकेर करिब ६० गाडी गए पनि स्थानीयले रोकेका कारण फोहोर बञ्चरेडाँडा पुग्न नसकेको भट्टाराईले जानकारी दिए ।

सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक हप्ता उपत्यकाको फोहर उठ्न नसकेको महानगरको भनाइ थियो ।

स्थानीयवासिन्दाले फोहोर बोकेको गाडी रोकेपछि एक सातापछि उठ्न सूरु भएको फोहोर फेरि उठ्नेमा शंका उत्पन्न भएको छ ।

त्यहाँका स्थानीयवासीले सडक पूर्ण रुपले निर्माण नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद