Media Network

बैतडीको हवाई सेवा छ महिनादेखि बन्द


खबरस्टोरी संवाददाता

३० भाद्र २०७९,बिहीबार

धनगढी।सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ।

धनगढी-बैतडी-धनगढी साप्ताहिक रूपमा हुने गरेको हवाई उडान छ महिनादेखि बन्द रहेको हो।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकोमा गत चैत १० गते अन्तिमपटक उडान भएको थियो।

यात्रु अभाव र मौसम अनुकूल नहुँदा हवाई सेवा बन्द भएको हो।

हवाई उडान बन्द हुँदा  आकस्मिक रूपमा धनगढी जानुपर्ने नागरिक , आकस्मिक रूपमा बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जाने नागरिक समस्यामा परेका छन्।

सार्वजनिक गाडीको यात्राबाट धनगढी पुग्न कम्तीमा आठ घण्टा लाग्ने गर्दछ।

चैतअघि नियमित रूपमा उडान हुने गरेकोमा त्यसपछि यात्रु नपाउँदा र मौसम अनुकूल नहुँदा उडान हुन नसकेको हो।


Share:
Reaction :
ताजा समाचार
खेलकुद