Media Network

बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु


खबरस्टोरी संवाददाता

८ श्रावण २०८०,सोमबार

बैतडी । बैतडीमा पहिरोले घर पुरिँदा आमा–छोराको मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको छ ।

अपांग रहेका मृतक अञ्जुका देवर १७ वर्षीय गोबर जागरी र सासु ४५ वर्षीय रायमति जागरीसहित  सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६५ वर्षीय जस्मा बोहरा घाइते भएका छन्। घरको माथि सडक खनेको र त्यहीँ सडक भासिँदा घर पुरिएर करिब एक दर्जन चौपाया समेत मरेका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद