Media Network

चक्रपथमा ईबीआरटीको सम्भाव्यता अध्ययन गरिंदै


खबरस्टोरी संवाददाता

२२ माघ २०७९,आईतवार

काठमाडौं । लगानी बोर्ड नेपालले चक्रपथमा विद्युतीय बस र्‍यापिड ट्रान्जिट ९ईबीआरटी० को सम्भाव्यता अध्ययन अघि बढाउने भएको छ । यसअघि पनि सम्भाव्यता अध्ययन अघि बढाए पनि प्राविधिक समस्या भएको भन्दै स्थगित भएको थियो ।

आइतबार बोर्डले पुनः सूचना जारी गर्दै ईबीआरटीको  निर्माण, सञ्चालन र व्यवस्थापनको सम्भाव्यता अध्ययनका लागि प्रस्ताव आह्वान गरेको छ ।

चक्रपथमा दुईवटा ‘डेडिकेटेड लेन’को ईबीआरटीको हुनेछ । साढे ७ देखि ८ मिटरको लेन यसका लागि छुट्याउने योजना छ । १६० यात्रु क्षमताका ७० देखि ७५ वटा लामो आकारको विद्युतीय बस यो लेनमा गुड्नेछन् ।

ईबीआरटी परियोजनाअन्तर्गत २६ देखि ३० वटा चढ्ने–ओर्लने स्टेसन हुनेछन् । यात्रुहरुको सहजताका लागि स्टेसनमा बस आउने–जाने समयतालिकासहित आवश्यक सूचना प्रवाहित हुनेगरी डिजिटल डिस्प्ले राख्ने योजना छ । विद्युतीय बस चार्ज गर्न ३० वटा आधुनिक चार्जिङ स्टेशन बनाउने योजना छ ।

दैनिक २० घण्टा सञ्चालन गर्ने लक्ष्य राखिएको बीआरटी परियोजना सार्वजनिक निजी साझेदारी (बूट) मोडेलमा निर्माण गरिने लक्ष्य छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद