Media Network

चिकित्सकको लापरबाहीले गर्भमै रहेको शिशुको मृत्युु भएको परिवारको दावी


खबरस्टोरी संवाददाता

१ भाद्र २०७९,बुधबार

काठमाडौँ। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गएको परिवारले आरोप लगाएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटेलकी २२ वर्षीया सिमलादेवी साहको गर्भमा रहेको शिशुको समयमा उपचार नपाउँदा मृत्यु भएको आफन्तको आरोप छ। सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान साढे ८ बजे गजेन्द्रनारायण अस्पताल भर्ना गरिएको सिमलाका श्रीमान् प्रमोदकुमार साहले बताए ।

अस्पताल भर्ना गरेपछि एकपटक चिकित्सकले स्वास्थ्य अवस्थाबारे जानकारी लिए पनि थप व्यथाले च्यापेर सहन नसकेपछि पटकपटक चिकित्सकलाई सम्पर्क गर्दा हेर्नसमेत नआउँदा गर्भमा शिशुको मृत्यु भएको प्रमोदको आरोप छ।

चिकित्सकले समयमा चेकजाँच नगर्दा उपचारको अभावमा साेमबार राति साढे ८ बजे शिशु मृत जन्मिएको प्रमोदले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद