Media Network

चीन र भारतसँगको सीमानाका बन्द


खबरस्टोरी संवाददाता

२ मंसिर २०७९,शुक्रबार

काठमाडौं । ४ मंसिरमा हुने निर्वाचनलाई लक्षित गर्दै सरकारले छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरेको छ ।

गृह मन्त्रालयले आमनिर्वाचनका लागि बिहीबार मध्यरातिबाट मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेक आवातजावतमा रोक लगाएको हो ।नेपाल र भारतबीच खुला सीमानाका रहे पनि चीनसँग भने निश्चित नाका मात्र खुला रहने गर्छन् । तर, चुनाव अवधिभर सबै नाका बन्द रहने मन्त्रालयले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद