Media Network

चिप्लिएर नारायणीमा खसेका एक पुरुष बेपत्ता


खबरस्टोरी संवाददाता

१३ श्रावण २०७९,शुक्रबार

चितवन । चिप्लिएर नारायणी नदीमा लडेका एक पुरुष बेपत्ता भएका छन् । बिहीबार बेलुका करिब ५ बजे भरतपुर–१, जोरकुसुम पार्कको चौतारामुनि सफा गर्ने क्रममा चिप्लिएर लड्दा एक पुरुष नारायणी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा गोरखा आरुघाट घर भई हाल भरतपुर महानगरपालिका–२, क्षेत्रपुर बस्ने ४५ वर्षीय रमेश खनाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पुरुषको खोजी कार्य थालिएको छ ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद