Media Network

चार महिनाको उपचारपछि स्वदेश फर्किए वर्षमान पुन


खबरस्टोरी संवाददाता

१ असार २०८०,शुक्रबार

काठमाडौं।माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्त स्वास्थ्य लाभ गरी स्वदेश फर्किएका छन्।  

चार महिनादेखि चीनमा उपचार गराइरहेका पुन चिनियाँ सहर छेन्दुबाट  शुक्रबार नेपाल आएका हुन्। 

पुनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता एवं उपप्रधान र गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेताहरु झक्कु सुवेदी, जयपुरी घर्ती, दुर्गा चापागाईं, हिमाल शर्मालगायत अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पुगेका थिए।

जटिल प्रकारको वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि पुन गत १ फागुनमा चीन गएका थिए। उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद