Media Network

चिसोले कठ्यांग्रिएर तीन वर्षीया बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता

१४ मंसिर २०८०,बिहीबार

जाजरकोट । जाजरकोटमा चिसोका कारण तीन वर्षीया बालिकाको मृत्य भएको छ ।जिल्लाको कुशे गाउँपालिका –१ स्याँक्रीकी सुनील वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्यांग्रिएर मृत्यु भएको हो।

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार चिसोका कारण रक्षालाई निमोनिया भएको थियो। निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा मृत्यु भएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद