Media Network

चितवनको गोन्द्राङ–पुलचोक ६ लेन सडकको काम सुस्त, म्याद थप्ने तयारी


अञ्जन बस्नेत

२० माघ २०७९,शुक्रबार

काठमाडौँ। भरतपुर महानगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको पुलचोक–गोन्द्राङ ६ लेन सडकखण्ड निमार्णको म्याद थप हुने भएको छ । २०७९ फागुन ११ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गरी इन्डो सगुन जेभीसँग ठेक्का सम्झौता भएको थियो ।म्याद सकिन २१ दिन रहँदा इन्डो सगुन जेभी बुटवलले सडकको भौतिक प्रगति ६० प्रतिशत मात्रै पूरा गरेपछि

आयोजना सम्पन्न गर्न ठेक्का कम्पनिले कात्तिक महिनासम्मको समय थप गर्न निवेदन दिएको छ । तर अहिलेसम्म कति म्याद थप गर्ने बारे कनै निर्णय नभएको भरतपुर सडक विभागको सूचना अधिकारी चण्डेश्वर साहले बताएका छन्।

साहका अनुसार अहिले आयोजनाको ५५-६० प्रतिशत मात्र कार्य सम्पन्न भएको छ । साहले वसपार्क सम्म २ किलोमिटर बाटो पूर्णरुप सम्पन्न भएको र बाँककि ४ किलोमिटरमा काम भइरहेको बताएका छन् ।

चौबिसकोठीदेखी पुलचोकसम्मको बाटो अहिले निमार्णधिन अवस्थामा रहेको छ । अहिले सडक विस्ताका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्री डम्पिङ गरिएको छ।

चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक निर्माण ७० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम गर्न सुरु गरिएको यस आयोजना ४० प्रतिशत मात्र काम भएको थियो ।२०७७ कात्तिक ११ गतेदेखि सडक विस्तार कार्य शुरू भएको थियो।नारायणगढ बजारको पुल्चोकदेखि भरतपुरको गोन्द्राङसम्मको ६ दशमलव शून्य ८ किलोमिटर लामो पूर्वपश्चिम राजमार्गलाई ६ लेनमा विस्तार गरिँदै छ। ६ लेनमा विस्तार भइरहेको नारायणगढ बुटवल सडकअन्तर्गतको एक खण्डका रूपमा पुल्चोक–गोन्द्राङ सडकखण्डको पनि विस्तार गर्न लागिएको हो। २८ महीनाभित्र विस्तार गर्नुपर्ने सडकको लागत रू. १ अर्ब १२ करोड छ।

सडक डिभिजन कार्यालय भरतपुरले जेभीसँग २०७७ असोज २६ गते ठेक्का सम्झौता गरेको थियो । एक अर्ब १२ करोड ४५ लाख ४५ हजार ३४९ रुपैयाँ ६८ पैसामा जेभीले ठेक्का लिएको थियो । अहिलेसम्म जेभीले ५० प्रतिशत भुक्तानी लिसकेको छ ।

५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा फुटपाथ, ढल, सर्भिस लेन, स्मार्ट लाइट जडान र बिजुलीका तार भूमिगत गर्ने योजना छ। सडकको दाँया–बाँया ११ दशमलव ५ मिटरको कालोपत्र हुनेछ। त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५ दशमलव ५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन दुवैतिर हुनेछ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद