Media Network

चितवनको सौराहामा हात्ती महोत्सवको रौनक (फोटोमा)


खबरस्टोरी संवाददाता

११ पुष २०८०,बुधबार

काठमाडौ । चितवनको सौराहामा हात्ती महोत्सव चार वर्षपछि पुनः सुरु भएको छ । चितवन हात्ती तथा पर्यटन महोत्सवका रूपमा मंगलबारबाट सुरु भएको हो । महोत्सवको १७औँ संस्करणको अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेका हुन् । पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा रहेको मैनाचौरमा महोत्सव सुरु हुनुपूर्व हात्तीसहितको शोभायात्रा निकालिएको थियो ।

यसपटक हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो नहुने

कोरोनाका कारण बन्द भएको सौराहाको पर्यटन चलायमान हुन थालेसँगै यहाँका व्यवसायीले पर्यटन गतिविधिलाई थप बढाउन महोत्सव आयोजना गरेका हुन् । तर, विगतका महोत्सवमा मानिसको आकर्षण रहेका प्रतियोगिता भने यसपटक हुनेछैनन् । यसपटकको महोत्सवमा हात्ती दौड, हात्ती फुटबल र हात्तीपोलो हटाइएको छ ।यस वर्षको पर्यटन महोत्सवको मुख्य आकर्षण हात्ती सुन्दरी प्रतियोगिता रहनेछ । पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा हात्ती शृंगार प्रतियोगितासँगै हात्ती वनभोज, हात्तीको दिनचर्याबारे जानकारी र स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीहरूसँग बिटुबी कार्यक्रम, डुंगा दौड प्रतियोगिता हुनेछ । 

पशु अधिकारको क्षेत्रमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूले यी प्रतियोगिताले हात्तीलाई यातना भएको भनेर विरोध जनाउँदै आएका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद