Media Network

डा. केसीले धनगढीबाट २० औँ अनशन सुरू गरे


खबरस्टोरी संवाददाता

२७ भाद्र २०७९,सोमबार

काठमाडौ ।डा. गोविन्द केसीले अनशन सुरू गरेका छन्।चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. केसीले धनगढी पुगेर सोमबारदेखि २० औँ अनशन सुरू गरेका हुन्। 

धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा केसीले ६ बुँदे मागसहित अनशन सुरू गरेका छन्। त्यसका लागि उनी आजै दिउँसो धनगढी पुगेका थिए।

डा. केसीले विभिन्न माग राखेर दुई साताको समय सरकारलाई दिएका थिए। माग पूरा नभएपछि उनी अनशन बसेका हुन्। सत्याग्रहको दौरानमा डा. केसीले सादा पानी मात्रै पिउने बताएका छन् भने उक्त स्थलमा सिसिटिभी जडान आग्रह गरेका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद