Media Network

डेंगु देखिएपछि शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना


खबरस्टोरी संवाददाता

८ आश्विन २०७९,शनिबार

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्य मोहन जोशी अस्पताल भर्ना भएका छन् ।केहीदिनदेखि अस्वस्थ भएका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार ललितपुरस्थित किष्ट अस्पताल भर्ना भएका हुन् । 

 बिहीबार चिकित्सकीय टोलीद्वारा उनलाई आकस्मिक कक्षमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, यूरोलोजी, कार्डीयोलोजी, नेफ्रोलोजी) का चिकित्सकहरुले संयुक्त जाँच गरी विभिन्न प्रयोगशाला परीक्षण जाँच गरिएको थियो ।

उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै हाल फैलिएको डेगीं संक्रमण पनि भएको अस्पतालले जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद