Media Network

ढुवानीसम्वद्ध यातायात व्यवसायीको आन्दोलन


खबरस्टोरी संवाददाता

१४ असार २०८०,बिहीबार

काठमाडौं । विभिन्न माग राख्दै चालक र व्यवसायीले विरोध ¥याली निकालेका छन् । सितापाइलाबाट सुरू ¥यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी एकैपटक निकालेर विरोध गरिएको हो ।

सार्वजनिक यातायातका व्यवसायीले स्वदेशमै काम गरेर खान पाउनुपर्ने, रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, ट्याक्सी स्टेण्डको अनिवार्य व्यवस्था गर्नुपर्ने, सवारीमा २० वर्षे अवधि खारेज गर्नुपर्ने माग राखिएको छ ।

रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर ट्राफिक ज्यादती बन्द गर ,ट्याक्सि स्ट्न्डको अनिवार्यए लागु गर जस्ता मागको पम्पेट देखाएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद