Media Network

एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

पोखरा । गण्डकी नेकपा (एमाले) संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन भएका छन् । एमाले प्रदेश कमिटीको आइतबारको बैठकले एमाले संगठन विभाग प्रमुख अधिकारीलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

अधिकारी कास्की १ (क) बाट चुनाव जितेका हुन् । अधिकारीलाई नै एमालेले चुनावमा भावी मुख्यमन्त्रीको रूपमा अगाडि सारेको थियो । प्रदेशसभाको चुनावमा प्रत्यक्षमा १२ र समानुपातिकमा १० गरि कुल २२ सिट जितेको एमाले गण्डकीको दोस्रो ठुलो संसदीय दल हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद