Media Network

एमाले उपमहासचिव गुरूङ फेरि मुख्यमन्त्रीकै लाइनमा


खबरस्टोरी संवाददाता

१९ भाद्र २०७९,आईतवार

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ फेरि पनि मुख्यमन्त्रीकै लाइनमा देखिएका छन् । यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री बनेका गुरुङ पाँच दलीय गठबन्धनको तिकडमका कारण बाहिरिएका थिए । 

एमाले उपमहासचिव संघीय संसदका लागि चुनाव लड्ने भनिए पनि उनी पुनः मुख्यमन्त्रीकै लाइनमा रहने गरी लमजुङबाट प्रदेश सभा क्षेत्रका लागि उम्मेदवार सिफारिस भएका छन् । गुरूङ लमजुङ प्रदेश सभा क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन्।

एमाले लमजुङको शनिबार बसेको पाँचौं पूर्ण बैठकले गुरूङलाई प्रदेश सभा क्षेत्रतर्फ उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । एमाले लमजुङले जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीलाई पनि प्रदेशतर्फ उम्मेदवार सिफारिस गरेको छ।

यस्तै प्रदेश सभा क्षेत्र (क) को प्रत्यक्षतर्फ एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दवाडी, राजकुमार विष्ट र जीतबहादुर गुरुङ सिफारिस भएका छन् ।

एउटा मात्रै प्रतिनिधिसभा क्षेत्र रहेको लमजुङमा प्रत्यक्षतर्फ एमालेबाट केन्द्रीय सदस्य जमिन्द्रमान घले र जिल्ला सचिव सुभास पौडेल सिफारिस भएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद