Media Network

एसपीपी अस्वीकार गरेको पत्र पाइसक्यौँ : अमेरिकी दुताबास


खबरस्टोरी संवाददाता

१३ श्रावण २०७९,शुक्रबार

काठमाडौँ । अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई नेपालले अस्वीकार गरेको पत्र प्राप्त भएको अमेरिकाले जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले नेपालले पठाएको पत्र पाएको जानकारी दिएको हो ।

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल भ्रमण आएको बेला परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी अवस्वीकार गरेको बताएका थिए । उनले आजको प्रतिनिधिसभा बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ गते एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको बताएका हुन् ।

गत असार ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद