Media Network

फोहोर बोकेका १५२ वटा गाडी बञ्चरेडाँडामा, बालेन भन्छन्– नियमित हुन अझै केहि दिन लाग्छ


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको फोहोर उठाएका १५२ गाडीहरु बञ्चरे डाँडा पुगेका छन् ।

 महानगरका मेयर बालेन शाहले कुनै अवरोध नभएमा भोलिबाट दैनिक २५० देखि ३५० गाडीहरु फोहोर बोकेर बञ्चरे पुग्ने बताएका छन् ।बालेनले काठमाण्डौँको ७५ गाडी र त्यति नै मात्रामा अरु पालिकाहरुबाट पनि दैनिक उत्सर्जन हुने भएकाले दैनिकरुपमा १५० गाडी फोहोरको व्यवस्थापन हुनुपर्ने बताएका छन् । उनले नियमित अवस्थामा पुग्न केहि समय लाग्ने समेत बताएका छन् ।

उनले फोहोर व्यवस्थापनका लागि सबैको सहकार्यको आवश्यकता रहेको बताउदै अवरोध नगर्ने स्थानीय, फोहोर संकलन तथा लैजान सफाइ कर्मचारी तथा चालकहरु तथा अवरोध खुलाउँन क्रियाशील सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धेरै धन्यवाद दिएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद