Media Network

फोहोर बोकेका २८७ वटा ट्रिपर बञ्चरेडाँडा पुगे


खबरस्टोरी संवाददाता

३ भाद्र २०७९,शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकाबाट आज २८७ वटा फोहोर बोकेका गाडी बञ्चरेडाँडामा पुगेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनले सामाजिक सञ्जालमार्फत २८७ गाडीले फोहोर व्यवस्थापन गरेको जनाए ।उनले काठमाडौंलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने पनि उल्लेख गरेका छन् ।मेयर साहले काठमाण्डौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरुको देशभर प्रभाव रहने कुराप्रति आफू सचेत भएको पनि बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद