Media Network

गभर्नर अधिकारीविरुद्धको रिटमा कारण देखाउ आदेश जारी


खबरस्टोरी संवाददाता

१३ पुष २०८०,शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यताविरुद्ध दायर रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हो । साथै आन्तरिम आदेश दिने नदिनेबारे छलफल गर्न दुबै पक्षलाई झिकाउने आदेश भएको छ ।

बिहीबार रिट निवेदन दायर गर्ने अधिवक्ता दीपकराज जोशीसहित ४ जना अधिवक्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाई अधिकारीको नियुक्त तत्काल बदर हुनुपर्ने माग गरेका छन् ।

अधिकारीलाई गभर्नर बनाउने २०७६ चैत २४ गतेको सरकारको निर्णय उत्प्रेषणको आदेशबाट बदर गर्दै न्यूनतम योग्यता नपुगेकाले अधिकारीविरुद्ध अधिकारपृच्छाको रिट जारी हुनुपर्ने माग गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद