Media Network

गैडाकोटमा मेयर कप क्रिकेट प्रतियोगिता सुरु


खबरस्टोरी संवाददाता

२७ माघ २०७९,शुक्रबार

नवलपुर । गैँडाकोटमा दोस्रो गै“डाकोट मेयर कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता–२०७९ सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा नवलपुर ६ विकेटले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले १२७ रनको लक्ष्य दिएको थियो । पर्वतले १९.३ ओभरमा सबै विकेटको क्षतिमा १२६ रन बनाएको थियो । जवाफि ब्याटिङ गरेको नवलपुरले १६.२ ओभरमा ४ विकेटको क्षतिमा १३१ रन बनाउँदै विजयी भएको हो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले यो प्रतियोगिता गैँडाकोटको पहिचानका रुपमा रहेको बताए । प्रतियोगिताको प्रथम पुरस्कार नगद २ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र एवं उप विजेतालाई १ लाख ५० हजार रुपैयाँ कप, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा म्यान अफ द सिरिजलाई १० हजार, ईमर्जिङ प्लेयरलाई ७ हजार, बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, बेस्ट किपर र बेस्ट फिल्डरलाई ५÷५ हजार कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै म्यान अफ द म्याचलाई १५ सय, कप तथा मेडल प्रदान गरिने छ ।

‘स्वास्थ्य एकता र समुन्नतीका लागि खेलकुद’ भन्ने मुख्य नाराका साथ सुरु भएको प्रतियोगितामा नवलपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी र चितवन गरी ८ टिमको सहभागिता रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद