Media Network

गण्डकी प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)


खबरस्टोरी संवाददाता

१३ भाद्र २०८०,बुधबार

काठमाडौं । गण्डकी प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवा र स्थानीय सेवाका नवौँ तहका (प्राविधिक/अप्राविधिक) पदहरुमा दरखास्त आह्वान गरेको छ ।

आन्तरिक, अन्तर तह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी बुधबार आयोगले दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले असोज २ गतेभित्र अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । यसैबीच प्रदेश लोकसेवा आयोगले बढुवाको सूचना पनि निकालेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद