Media Network

गण्डकी र लुम्बिनीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज


खबरस्टोरी संवाददाता

१५ बैशाख २०८०,शुक्रबार

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दैछन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मध्याह्न सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिए। 

गण्डकीमा माओवादी र कांग्रेसमा कसले पहिले नेतृत्व गर्ने विवादकाबीच कांग्रेसका पाण्डे मुख्यमन्त्री बनेका हुन्। पाण्डेले गण्डकीमा आलोपालो मुख्यमन्त्री हुने सहमति भएको बताए। 

वैशाख ९ गते एमालेका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेपछि गण्डकीमा नयाँ सरकारको बाटो खुलेको थियो। पाण्डे कांग्रेसका २७ र माओवादी केन्द्रका ७ जना र एकीकृत समाजवादी प्रवेश गरेका एक स्वतन्त्रसहित ३५ जना बहुमत प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका हुन्। 

यता लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आजै शपथ ग्रहण गर्दैछन्। बिहान साढे ११ बजे मुख्यमन्त्री अमिक शेरचनसँग शपथ ग्रहणको कार्यक्रम रहेको छ ।नेपाली कांग्रेसका २७, नेकपा माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपा, लोसपा, जनमत पार्टीका ३र३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पार्टीका १र१ गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद