Media Network

गोरखा दरबारको दशैँघरमा पनि जमरा राखियो


खबरस्टोरी संवाददाता

१० आश्विन २०७९,सोमबार

काठमाडौँ। गोरखाको कालिका मन्दिरमा रहेको दशैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ।बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दशैँघरमा जौको जमरा राखिएको हो।

परम्पराअनुसार बिहान सवेरै मिरमिरे उज्यालोमा देवी भगवतीको सवारी गराएपछि बिहानको शुभसाइतमा कालिका भगवतीको मन्दिरमा दुई पाथी र गोरखनाथ गुफामा एक पाथी जौको जमरा राखिएको हो।

मूल दरबारको कैलास कोठाबाट भित्री बाटो हुँदै देवी भगवतीको सवारी गराएर कैलास कोठामा बिधिपूर्वक पूजाआजा गरी जमरा राखिएको र त्यसअघि मूलदरबारमा पानी घडी थापना गरी घटस्थापना गरिएको छ।

गोरखाको गोरखकाली मन्दिरमा जमरा राखेपछि मात्र देशभरका हिन्दूधर्मालम्बीहरुले जमरा राख्छन् भन्ने धार्मिक मान्यता रहँदै आएको छ।

बडादशैँमा लगाइने टीकासँगै जमरा लगाउँदा शुभ हुने विश्वासका कारण त्यहाँ प्रत्येक वर्ष जमरा राख्ने गरिन्छ। प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालोे बोकाको बली दिने प्रचलन छ।

हनुमानढोकास्थित दसैँघरमा जमरा राखियो


Share:
Reaction :
ताजा समाचार
खेलकुद