Media Network

गोरखामा एमालेलाई सहयोग गरेपछि बाबुरामनिकट मन्त्री हटाइँदै


खबरस्टोरी संवाददाता

२२ कार्तिक २०७९,मंगलवार

गोरखा।गोरखा २ (२) मा नेकपा एमालेका उम्मेदवार राजु रानालाई सहयोग गरेको सूचना पाएपछि उनलाई हटाउने तयारी गरिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो ।उनले गोरखामा एमालेलाई सहयोग गरेको जानकारी आएसँगै हटाउने तयारी गरिएको हो।

मुख्यमन्त्री पोखरेल अहिले गृहजिल्ला नवलपुरबाट पोखरा आउँदै छन् । पोखरेल पोखरा आएपछि प्रदेश प्रमुखलाई मन्त्री बर्खास्त गरेको पत्र दिइने बताइएको छ ।

मन्त्री आचार्य भने अहिलेसम्म आफूलाई हटाउन लागिएको कुनै संकेत नपाएको बताउँछन् । आरोप लगाइए जसरी आफूले सत्ता गठबन्धन र नेकपा एमाले कसैका लागि पनि मत नमागेको उनको भनाइ छ । असोज २१ बाट आफू स्वतन्त्र भइसकेको उनले दाबी गरे ।

‘मैले बाबुराम भट्टराईलाई खबर गरिसकेँ, म २१ गतेबाटै स्वतन्त्र भइसकेँ । कसैको चाकडी गरेर पदमा बस्नु छैन,’ उनले भने, ‘मैले सत्तापक्ष र नेकपा एमाले कसैका लागि पनि एक मत मागेको छैन ।’

गोरखा २ (२) मा अघिल्लो पटक निर्वाचित भएका आचार्यले अहिले सो क्षेत्रबाट टिकट पाएनन् । सो ठाउँमै उनले स्वतन्त्र उम्मेदवारी दिएपनि पछि फिर्ता लिएका थिए । अहिले गोरखा २ (२) मा नेपाल समाजवादी पार्टीबाट फणिन्द्र देवकोटा उठेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद