Media Network

गोरखामा प्रचण्ड एमालेका अब्दुस भन्दा ३ हजार बढी मताअन्तरले अगाडि


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

गोरखा । गोरखाको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रता निकै फराकिलो बनेको छ ।

८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मतसहित अग्रता बनाइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी एक हजार ४२४ मतसहित दोस्रो स्थानमा छन् ।

प्रचण्ड र बुर्लाकोटीबीचको मतान्तर तीन हजार ४०८ रहेको छ । तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद