Media Network

गेटामा अवरोध भएपछि गोविन्द केसी मन्दिरमा अनशन बसे


खबरस्टोरी संवाददाता

३० मंसिर २०८०,शनिबार

कैलाली । कैलालीको गेटास्थित प्रस्तावित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन सुरु गर्न आएका प्रा.डा.गोविन्द केसीले धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका छन् ।

प्रस्तावित स्वास्थ्य विज्ञान विश्वविद्यालयमा केसीलाई विश्वविद्यालय पुनर्स्थापना सङ्घर्षरत स्थानीयले अवरोध गरेका थिए ।त्यसपछि शुक्रबार राति सात बजेदेखि धनगढीस्थित लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेका हुन् ।

सङ्घर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेको आरोप लगाउँदै अवरोध गरेका हुन् ।डा. केसीले भने आफूले गेटामा अवरोध भएपछि लक्ष्मीनारायण मन्दिरमा अनशन सुरु गरेको जनाएका छन् । 

डा. केसी २० औँ अनसन पनि यहि बसेका थिए । २० औँ अनशन १३ दिन सम्म जारी रहेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद