Media Network

गाउँपालिकाका अध्यक्षका छोराले कर्मचारीमाथि हातपात गरेपछि कर्मचारी आन्दोलित


खबरस्टोरी संवाददाता

२५ जेष्ठ २०८०,बिहीबार

काठमाडौ । प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एम.सी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु माथि हातपात गरेपछि कर्मचारीहरु आन्दोलतमा उत्रिएका छन् ।

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्षसमेत रहेका गाउँपालिका अध्यक्ष महतराका छोरा मिलनले प्रक्रिया नपुगेको फाइल जबरजस्ती सदर गराउन खोज्दा कर्मचारीले नमानेपछि कुटपिट गरेको कर्मचारीको आरोप छ।

बुधबार दिउँसो साढे २ बजे पँधेरापात्ला मोटर बाटो योजनाको फाइल लिएर गाउँपालिकाको कार्यालय पुगेका योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्का र मिलनले योजना तथा तथ्यांक शाखामा भुक्तानी फाइलको विषयलाई लिएर योजना शाखामा कार्यरत कर्मचारी दीपक जिसीलाई अभद्र व्यवहार गरेको र त्यसक्रममा विवादबारे बुझ्न खोज्दा उल्टै प्रशासकीय अधिकृत रिजाललाई मिलनले कुटपिट गरेको कर्मचारीहरुले बताएका छन्।

यता गाउँपालिका अध्यक्षका छोराले दादागिरी गरेको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद