Media Network

२४ घण्टामा २६३ संक्रमित थपिए, दुईको मृत्यु


खबरस्टोरी संवाददाता

२८ श्रावण २०७९,शनिबार

काठमाडौं । नेपालमा थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार १६५ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २६३ जनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ३९९ नमुनाको पीसीआर परीक्षण गर्दा १६२ र एक हजार ७६६ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १०१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर दुईजनाको मृत्यु पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९८६ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा देशभर ५०१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ७५ हजार ३०७ पुगेको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच हजार ४३४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद