Media Network

घाँस काट्न गएकाको जंगली जनावरको आक्रमणले मृत्यु भएपछि स्थानीयले गरे सडक अवरुद्ध


खबरस्टोरी संवाददाता

३० श्रावण २०७९,सोमबार

काठमाडौँ। सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरवानीमा घाँस काट्न गएका रामबहादुर चन्द्र र कवी ओलीको जंगली जनावरको आक्रमणबाट मृत्यु भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका उनीहरु दुई जनाको आइतबार मृत्यु भएको थियो । उनीहरुको जंगली जनावरको आक्रमणबाट मृत्यु भएपछि स्थानीयले सुर्खेत जोड्ने रत्न राजमार्ग अवरूद्ध गरेका छन्।

स्थानीयले सोमबार विहान ११ बजेदेखि  कोहलपुर-सुर्खेत रत्न राजमार्ग अवरुद्ध गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डीएसपी सुरज कार्कीका अनुसार सडक अवरुद्ध हुँदा सुर्खेतबाट बाहिरिने र कर्णाली भित्रिने सवारी साधनहरु बबई पुल वारी-पारी रोकिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद