Media Network

हाजिर हुन नपाउँदै सिडिओको सरुवा बदर


खबरस्टोरी संवाददाता

१३ माघ २०७९,शुक्रबार

काठमाडौँ । गोरखा पठाइएका प्रमुख जिल्ला अधिकारीले हाजिर गर्नै नपाइ सरुवा बदर भएको छ। 

गृहमन्त्रालयले प्रजिअले हाजिर गर्नै नपाइ सरुवा बदर गरेको हो। गृहले माघ ६ गते गोरखासहित देशभरका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो। त्यसक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई कपिलवस्तु पठाएर त्यहाँ सिराहाका लालबाबु कवारीलाई सरुवा गरिएको थियो। गोरखाबाट सरुवा भएका प्रजिअ आचार्य कपिलवस्तु पुगेर काम थालिसकेका छन्। तर गोरखा पठाइएका कवारीलाई गृह मन्त्रालयले बुधवार पत्र दिएर नजान भनेको छ। 

कवारी अहिले पनि जिल्ला प्रशासन कार्यालय सिराहमै छन्।गृहले माघ ४ गते प्रमुख जिल्ला अधिकारीहरुको पदस्थापन तथा सरुवा र कामकाज गर्न खटाउनेसम्बन्धनी कार्यविधि नै जारी गरेको थियो ।

अहिले गोरखा प्रजिअविहीन छ। त्यहाँबाट सहायक प्रजिअ चित्राङ्गत बरालको पनि पर्वत सरुवा भएको छ। अब आउने भनिएका सहायक प्रजिअमा पुष्कर राना पनि आइसकेका छैनन्। 

गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित क्षेत्र हो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद