Media Network

हर्क साम्पाङले ६० हजारको साइकल उपहार पाए


खबरस्टोरी संवाददाता

६ भाद्र २०७९,सोमबार

काठमाडौ । धरानका मेयर हर्क साम्पाङलाई एक शुभचिन्तकले साइकल उपहार दिएका छन् । उक्त साइकलको मूल्य ६० हजार रूपैयाँ रहेको छ ।

मेयर साम्पाङले आज बिहानै फेसबुकमा तस्बिर राख्दै साम्पाङले दुई दिनअघि साइकल उपहार आएको जानकारी दिएका हुन् । उनले अब छोटो दूरीको यात्र गर्दा साइकल चढ्ने बताएका छन् ।

साम्पाङका अनुसार स्कटल्यान्डमा बसोबास गर्ने एक समर्थकले उनलाई सो साइकल उपहार दिएका हुन् । साम्पाङले अब साइकल पर्यटन प्रवर्द्धनका लागि साइकल प्रतियोगिता आयोजना गर्ने योजनासमेत अघि सारेका छन् ।सरकारी सुविधाको गाडी नलिएका मेयर साम्पाङ मोटरसाइकलमा यात्रा गर्दै आएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद