Media Network

हर्क साम्पाङले सय दिनमा गरेका १३ काम


खबरस्टोरी संवाददाता

२ भाद्र २०७९,बिहीबार

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

बिहीबार बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

साम्पाङले सार्वजनिक गरेको कामको विवरण यस्तो छ ः

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।

२. ४ ठाउँबाट खानेपानीको मूहान थपें ।

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।

४. ६ लाख विरुवा रोपें ।

५. सरसफाइमा देखिने सुधार ल्याएँ ।

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।

८. बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।

९. लागु औषध विरुद्धको अभियान शुरु गरें ।

१०. योजनाका लागि बजेटको जोहो गराएँ ।

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें ।

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद