Media Network

हेटौंडामा पाँच वटा गाडी एक-अर्कासँग ठोक्किए, १५ विद्यार्थी घाइते


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौँ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा पाँच वटा सवारीसाधन एक-अर्कासँग ठोक्किएका छन्। 

हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार बिहान ९:०५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिएका छन् । सुरूमा ना १ क ५१२३ रिलायन्स स्कुलको बसलाई पछाडिबाट ना ५ ख ६२५४ नम्बरको ट्रकले ठक्कर दिएको थियो। फेरि सोही ट्रकले गएर लु १ क ७३७० नम्बरको ट्यांकरलाई ठक्कर दिएको थियो। त्यस ट्यांकरले बा ७ च ९६०४ नम्बरको कारलाई ठक्कर दिएको कार्कीले बताए । 

राजमार्गमा स्कुल बस, ट्रक, ट्यांकर, कार र लरी दुर्घटनामा परेको हो। 

दुर्घटना हुँदा विद्यार्थीहरूसहित १५ जना घाइते छन्। दुर्घटनामा घाइते भएकाहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य नै रहेको कार्कीले जनाए। 

घटनाबारे थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद