Media Network

ईंः र काठमाडौं महानगरबीच के के भयो सहमति ?


खबरस्टोरी संवाददाता

११ आश्विन २०८०,बिहीबार

काठमाडौं । सामाजिक अभियान्ता ईः र काठमाडौं महानगरपालिकाबीच ४ बुँदे सहमति भएको छ । महानगरपालिकाको वार्ता टोली र ईःबीच बुधबार साँझ सहमति भएको हो ।

सहमति अनुसार महानगरले फुटपाथ व्यापारीको जफत गरिएको सामान पहिचान गरी फिर्ता दिने छ । त्यस्तै विज्ञ टोली गठन गरी उचित स्थानको खोजी गर्ने, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने गरी हाललाई पसल राख्न दिने र ईः को आन्दोलन फिर्ता गर्ने सहमति भएको हो ।

अभियन्ता ईः फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयको गेटमा ९ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका थिए ।महानगर प्रमुख बालेन्द्र शाहले बुधबार फेसबुकमा लामो स्ट्याटस लेखी अभियान्ता ईः का माग गर्न नसक्ने बताएका थिए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद