Media Network

ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाइयो


खबरस्टोरी संवाददाता

१४ पुष २०८०,शनिबार

काठमाडौं । सरकारले ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ । सरकारले ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

रोजगारी अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै उनीहरुलाई जिम्मेवारीबाट हटाएको हो ।शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसको परीक्षा दिन नपाएका युवाले उक्त कार्यालय ग्वार्कोमा प्रदर्शन गरेका थिए । त्यसक्रममा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाएका थिए ।






Share:
Reaction :
ताजा समाचार
खेलकुद