Media Network

इलेक्ट्रिक भेइकललाई अगाडी सार्दै भरतपुर महानगरपालिका


खबरस्टोरी संवाददाता

११ असार २०८०,सोमबार

काठमाडौँ।भरतपुर महानगरपालिकाले नीति तथा योजनामा इलेक्ट्रिक भेइकललाई  प्राथमिकतामा राखेको छ ।महानगरले विद्युतीय सवारी साधन मात्रै खरिद गर्ने भएको छ ।

आर्थिक वर्ष ०८०/८१को नीति तथा योजनामा विद्युतीय सवारी साधन चढ्न नगरवासीलाई पनि प्रोत्साहन गर्ने भनिएको छ।

भरतपुर महानगरपालिका वडा नं. १ को रामनगरमा नेपालकै अत्याधुनिक चार्जिङ स्टेशन निर्माण गरिने छ । साथै गीतानगर, चनौली, नारायणगढ बसपार्क र महानगर परिसरमा समेत विद्युतीय सवारी चार्जिङ्ग स्टेसन निर्माण गरिने छ ।

आउने वर्ष वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको समन्वय र सहकार्यमा महानगरभित्र विद्युतीय बसहरु सञ्चालन गर्ने नीतिलाई महानगरले प्राथमिकतामा राखेको मेयर रेनु दाहालले बताइन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद