Media Network

इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु


खबरस्टोरी संवाददाता

९ श्रावण २०७९,सोमबार

काठमाडौँ। इटहरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ रिलायसमा आज बिहान ट्रकले स्कुटरलाई  ठक्कर दिँदा  स्कुटर चालकको मृत्यु भएको छ भने उक्त  दुर्घटनामा एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोरङको पथरी शनिश्चरेका २१ वार्षीय रुपेश दाहाल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।

घाइते भएका स्कुटरमा पछाडी सवार मोरङकै सुन्दरहरैंचा–३ गछीयाका २१ वर्षीय मनिस निरौलाको सोही अस्पतालमा उपचार भइरहेको छ।

इटहरीबाट खनारतर्फ जाँदै गरेको को १ ख ३९६८ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प १०६४ नम्बरको स्कुटरलाई आज बिहान सवा ७ बजे ठक्कर दिएको थियो।

ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद