Media Network

जडीबुटी स्थित स्पा सेन्टरमा आगलागी


खबरस्टोरी संवाददाता

२४ पुष २०८०,मंगलवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा आगलागी भएको छ । मङ्गलबार बिहान ३ बजेर ५० मिनेटमा  भवानी गौतमको घरको पहिलो तलामा आगलागी भएको हो ।
पाँच तले घरको पक्की घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरी वृत्त बानेश्वरका एकजना अधिकृतले  बताए ।
विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । दुईवटा दमकलको सहायताले सुरक्षाकर्मीले आगो निभाएका छन् ।  आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद