Media Network

जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त


खबरस्टोरी संवाददाता

१५ भाद्र २०७९,बुधबार

काठमाडौं । जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त भएका छन् । बिहीबार बसेको न्यायपरिषद बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । 

अधिकारी जिल्ला अदालत बाँकेको न्यायाधीश हुँदा आर्थिक स्वार्थ र लेनदेनका कारण न्याय सम्पादन प्रभावित पारेको उजुरी परेपछि न्याय परिषदले उनलाई सर्वोच्च अदालतमा झिकाएको थियो ।

त्यस्तै, बाँकेका अधिकारकर्मी रुवी खानलाई पक्राउ गर्दा उनीमाथि ‘यान्त्रिक रुपमा पक्राउ अनुमति दिएको’ आरोप लागेको थियो । अधिकारीमाथि सप्तरी जिल्ला अदालतमा हुँदा घुस खाएको आरोप पनि छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद