Media Network

२१ जिल्ला न्यायाधीशका लागि ६३ जनाको 'सर्ट लिस्ट' सार्वजनिक (नामावलीसहित)


खबरस्टोरी संवाददाता

११ श्रावण २०७९,बुधबार

काठमाडौँ । जिल्ला न्यायाधीशको सर्टलिस्टमा ६३ जनाको नाम निस्कीएको छ । न्यायपरिषद्को मंगलबार बसेको बैठकको निर्णय अनुसार आवेदन दिएका मध्ये ६३ जनाको नाम सर्टलिस्टमा परेको हो । 

संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (क) तथा न्याय परिषद नियमावली, २०७४ को नियम ६ को उपनियम (४) बमोजिम रिक्त २१ (एक्काइस) जिल्ला न्यायाधीश पदमा पूर्ति गर्न न्याय परिषद सचिवालयले गत असार २७ मा सूचना प्रकाशित गरेको थियो ।  उक्त सूचना बमोजिम आवेदन गर्ने व्यक्तिहरूमध्ये ६३ जनाको नाम संक्षिप्त सूचिमा प्रकाशित गर्ने भनी मंगलबार बसेको न्यायपरिषद्को बैठकले निर्णय गरेको हो । 

न्यायपरिषद्को सचिवालयले बुधवार एक सूचना जारी गरी सर्टलिस्टमा परेका व्यक्तिहरुको नाम सार्वजनिक गर्दै न्यायाधीश नियुक्तीको प्रक्रियासम्बन्धी निर्देशिका २०७९ को दफा ६ को उपदफा १ को प्रयोजनका लागि सर्टलिस्टमा परेका व्यक्तिहरुका सम्बन्धमा कुनै उजुरी भए ७ दिन भित्र न्यायपरिषद् सचिवालय वा तल दिइएको सचिवालयको इमेलमा पेश गर्न सुचना जारी गरेको छ । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद