Media Network

जनजागरण सामुदायिक बन नवलपुरकै उत्कृष्ट


खबरस्टोरी संवाददाता

९ श्रावण २०७९,सोमबार

काठमाडौं । नवलपरासीपूर्व मध्यबिन्दु नगरपालिका ११ स्थित जनजागरण सामुदायिक बन उपभोक्ता समूह जिल्लाकै उत्कृष्ट ठहर भएको छ । डिभिजन वन कार्यालय नवलपुरबाट आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा रहेका बन उपभोक्ता समूहहरको अनुगमन तथा मूल्यांकनबाट अरुणखोलास्थित जनजागरण सामुदायिक बन समूहले उत्कृष्ट कार्य गरेको पाइएको जिल्ला डिभिजन वन अधिकृत मोहनराज काफ्लेले बताए । 

जिल्लाका २ सय भन्दा बढी सामुदायिक बनहरु मध्ये यो वन समूहले उत्कृष्ट कार्य गरेको भन्दै डिभिजन वन कार्यालयले सोमवार नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको छ । 

समूहका सवै उपभोक्ताहरुको क्रियाशिलताकै कारण सर्वोत्कृष्ट हुन पाएकोमा निकै खुशी लागेको जनजागरण सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रकाश ढकालले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद