Media Network

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त


खबरस्टोरी संवाददाता

१५ श्रावण २०७९,आईतवार

काठमाडौँ ।  निर्वतमान अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । 

नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त  राष्ट्रपति कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिामा उल्लेख गरिएको छ । 

बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि तत्कालिन अर्थमन्त्री शर्माले असार २२ गते राजीनामा दिएका थिए । 

उनको राजीनामा पश्चात् छानबिन गर्न बनेको संसदीय छानबिन समितिले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश नभएको निष्कर्ष सहितको प्रतिवेदन पेश गरेको थियो । 




Share:
Reaction :
ताजा समाचार
खेलकुद