Media Network

जनयुद्ध दिवसविरुद्ध द्वन्द्वपीडितको प्रदर्शन- फागुन १ ‘कालो दिन’


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७९,सोमबार

काठमाडौं । सरकारले २८औं जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक बिदा खारेजीको माग गर्दै द्वन्द्वपीडितले प्रदर्शन गरेका छन् ।जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडि उनीहरूले प्रदर्शन गर्दै उनीहरूले फागुन १ लाई नेपाल र नेपालीको ‘कालो दिन’ बताएका छन्।

उनीहरूले ‘सार्वजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय गर फागुन १ गते कथित जनयुद्ध दिवस नेपाल र नेपालीको लागि कालो दिन’ लेखिएको ब्यानर तथा प्लेकार्ड बोकेका थिए । सहभागी द्वन्द्वपीडितले आफू नपाएको भन्दै माओवादी नेतृत्व र सरकारप्रति आक्रोशसमेत व्यक्त गरे ।

२०५२ फागुन १ गतेबाट सुरू सशस्त्र युद्ध २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।

जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको भन्दै नेतृत्वकर्ता माओवादीले फागुन १ लाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद